बाह्रौँ पोखरा महोत्सवको तयारी तीव्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

पाेखरा | पुस ४, २०८०

बाह्रौँ पोखरा महोत्सवको तयारी तीव्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

पोखरा:   बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीव्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ ।


उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ र गोविन्द घिमिरे लगायतले आ–आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए ।


महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्ने अठोटका साथ सम्पूर्ण गण्डकी प्रदेशबासी र विभिन्न निकायका सरकारी संघ संस्था लगायत अन्य संघ संस्था, महिला समुह लगायत सम्पूर्ण अवलोकन कर्ताको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौँ संस्करण सम्म आइपुगेका र बाह्रौँ पोखरा महोत्सवलाई पनि सफल बनाउनका लागि पूर्ण सहयोगको अपेक्षा ब्यक्त गरे । त्यसैगरी बाह्रौँ पोखरा महोत्सवको अन्य विवरणहरु क्रमश संप्रेशण हुने जानकारी दिने क्लबका महासचिव एवं बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले कार्यक्रममा उपस्थित भएकाहरुले स्वागत गरेका थिए । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्